Tuesday, December 11, 2018

EPS-TOPIK भनेको के हो ?

ईपीएस कोरिया खण्ड नेपाली सरकार, श्रमिक र रोजगार प्रक्रिया : कोरियन भाषा परीक्षा
कोरियन भाषा परीक्षाको लागि योग्यता
१८ वर्ष पुरा गरि ३९ बर्ष ननाघेको व्यक्ति ।
अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति ।
विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति ।
आफ्नो देशबाट विदेश जान रोक नलगाइएको व्यक्ति ।
दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने व्यक्ति ।
कोरियन भाषा परीक्षा संचालन
हरेक देशको बांकि रहेका कामदार सूचि बहाल संख्या र कामदारले रोजगारी प्राप्त गर्ने अवस्थालाई हेरेर परीक्षा संचालन गरिने छ ।
अग्रिम सूचना मार्फत परीक्षा लिने सम्वन्धी सम्पूर्ण जानकारी गराईने छ ।
कोरियन भाषा परीक्षाको प्रश्न
सुनाई २५ प्रश्न
पढाई २५ प्रश्न
जम्मा ५० प्रश्न ( परीक्षा समय जम्मा ७० मिनेट)
कोरियन भाषा परीक्षा सार्वजनिक प्रश्न पूस्तक : डाउनलोडको लागि (http://eps.hrdkorea.or.kr)
कोरियन भाषा परीक्षा नतिजा प्रकाशन गर्ने तरिका
परीक्षा लिए पश्चात तोकिएको मितिमा वेबपेज मार्फत प्रकाशित गरिने छ । (वेबपेज ठेगाना : http://eps.hrdkorea.or.kr र http://epsklt.hrdkorea.or.kr)
वेबपेज सम्वन्धित देशको सम्वन्धित निकायको सूचनापेटीमा राखिने छ ।
पास गर्ने अंक : ८० नम्वर भन्दा माथि (२०० पूडाङ्क) धेरै मार्क ल्याउने संख्याको आधारमा उक्त देशमा पास गर्ने संख्या निर्धारण गरिने छ ।

भाषा पास बहाल अवधि : भाषा नतिजा प्रकाशन गरेको मितिले २ वर्ष हुनेछ ।

अन्य जानकारी :
कोरियन भाषा परीक्षामा पास हुनु भनेको रोजगार आवेदन भर्नलाई योग्य मानिनेछ तर गणतन्त्र कोरियामा रोजगारीको ग्यारेण्टी भने हुने छैन्

1 comment:

  1. sir download kasari garnu ho eps hrdkorea.org laii ...

    ani korea pass grna laii 2 years lagx ho ...

    ReplyDelete